जनकपुरमा साहित्य कला तथा अन्तर्राष्ट्रिय नाटक महोत्सव हुने

समाचार

2/26/2019

जनकपुरधाम, १४ फागुन । मैथिली कला संस्कृति, भाषा एवं साहित्यलाई प्रवद्र्धधन गर्ने उद्देश्यले जनकपुर साहित्य कला तथा अन्तर्रा्ष्ट्रिय नाटक महोत्सव हुने भएको छ ।

मैथिली विकास कोषको आयोजनामा आउँदो फागुन १८ गतेदेखि २३ गतेसम्म महोत्सव हुन लागेको हो ।

मैथिली विकास कोषले सोमबार पत्रकार सम्मेलन गरी ६ दिवसीय महोत्सवमा साहित्य, समाज, अर्थ, राजनीति, कला, संस्कृति विषयमा विमर्श तथा आधुनिक एवं लोककला प्रर्दशन, मिथिला चित्रकला, सिक्की बाँस आदिको कलात्मक प्रदर्शन र अन्य महत्वपूर्ण वैचारिक विमर्श हुने जनाएको छ ।

महोत्सवमा नेपाल, भारत, अफगानिस्तानलगायत अन्य देशका समेत विद्वान एवं कलाकारहरु सहभागी हुनेछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ