जनकपुर अञ्चल अस्पताललाई नमूना अस्पताल बनाउन मुख्यमन्त्री लालबाबुको निर्देशन

समाचार

12/31/2019

जनकपुरधाम, १६ पुस । मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले प्रादेशिक अस्पताल जनकपुरलाई नमूना अस्पताल बनाउने गरि कार्य योजना तयार पार्न अस्पताल प्रशासनलाई निर्देशन दिएका छन् ।

समाजिक विकासमन्त्री नवल किशोर साह, भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, मुख्य न्यायाधिवक्ता दिपेन्द्र झा, मुख्य सचिव रामकृष्ण सुवेदी, सामाजिक विकास मन्त्रालयका सचिव भरत सुवेदीसहितको टोली लिएर मुख्यमन्त्री राउत अस्पताल पुगेका थिए ।

मुख्यमन्त्री राउतले अस्पतालको सरसफाई विगतको भन्दा अहिले व्यापक सुधार भएको प्रति अस्पताल प्रशासन, स्वच्छता अभियानीलाई धन्यवाद दिँदै सरसफाईलाई निरन्तरता दिन आग्रह समेत गरे ।

उनले भने, ‘यो अस्पताल प्रदेशकै गौरव हो, यसमाथि जनताको विश्वासलाई बढाउन के के गर्न सकिन्छ, तत्कालिक, मध्यकालिक र दीर्घकालिन योजना बनाउनुस् प्रदेश सरकार सहयोग गर्न तयार छ ।’

प्रदेश सरकार प्रादेशिक अस्पताललाई प्राधिकरणमा लैजाने तयारी थालेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यसै अनुरुप उपचार सेवालाई गुणस्तरीय बनाउन समेत निर्देशन दिए ।

अस्पतालमा देखिएको जनशक्ति अभावलाई समाधान गर्न प्रदेश सरकार तयारी शुरु गरिसकेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले प्रादेशिक लोकसेवाबाट छिट्टै जनशक्ति आभावको समस्या समाधान गरिने बताए ।

सो अवसरमा मुख्यमन्त्री राउत, सामाजिक विकासमन्त्री साह र मुख्य न्यायाधिवक्ता झाले स्वास्थ्य जाँचसमेत गराएका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ