काठमाडौं, २० मंसिर । भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले जनकपुरमा मंसिर २६ गते विवाह पञ्चमीको अवसरमा अयोजना हुने रामजानकी विवाह महोत्सवमा सांस्कृतिक दूतका रुपमा भ्रमण गर्ने बताएका छन् ।
उनले आफ्नो जनकपुरको भ्रमण सांस्कृतिक यात्रा मात्र हुने स्पष्ट पारे । ‘राजनीति र धार्मिक यात्राभन्दा सांस्कृतिक यात्राले झनै महत्व राख्छ । सांस्कृतिक यात्राले दुई सहर जनकपुर र अयोध्यालाई जोड्ने छ’, उनले भने ।
उत्तर प्रदेशको राजधानी लखनउ भ्रमणमा रहेका जनकपुरका पत्रकारहरुसँग भेटघाट गर्दै मुखयमन्त्री योगीले आफू विवाह पञ्चमीमा जनकपुरधाम जान लालायीत रहेको पनि बताए ।
मुख्यमन्त्री योगीले माता जानकीको दर्शन गर्ने आफ्नो पुरानो इच्छा पुरा हुने भएकाले खुसी व्यतm गर्दै डिसेम्बर १२ तारिखको प्रतिक्षामा रहेको बताएका थिए ।
तपाईको प्रतिक्रिया