जानकी मन्दिर सौन्दर्यीकरण योजनाको शिलान्यास

समाचार

12/1/2018

जनकपुरधाम, १४ मंसिर । मुख्यमन्त्री स्वच्छता अभियानअन्तर्गत जानकी मन्दिर सौन्दर्यीकरण योजनाको एक विशेष समारोहबीच वैदिक विधि अनुरुप शिलान्यास गरिएको छ ।

मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले ५१ जना पण्डितहरुको मन्त्रोचारणका साथ मन्दिर सौन्दर्यीकरण योजनाको शिलान्यास गरेका छन् ।

यस अघि मुख्यमन्त्री राउत जानकी मन्दिर पुग्दा ५१ जना पण्डितका साथै २१ जना महिलाहरुले मन्त्रोचारण र कलश सहित स्वागत गरेका थिए ।

सौन्दर्यीकरणको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले प्रदेश सरकारले आफ्नो विकास योजना विश्वभरिकै हिन्दुहरुको आस्थाको केन्द्र तथा मुलुककै धरोहर जानकी मन्दिरबाट शुरु गरेको उल्लेख गरे ।

उनले जानकी मन्दिरबाट शुरु भएको प्रदेश सरकारको विकास योजना प्रदेश भरिनै गतिशिल रुपमा अगाडी बढने र यसमा कुनै पनि बाधा अवरोध नहुने विश्वास व्यक्त गरे ।

मुख्यमन्त्री राउतले जानकी मन्दिरको सौन्दर्यीकरणले जनकपुरको विकासका साथै लाखौं पर्यटकलाई ल्याउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने र आर्थिक उर्पाजनका साथै प्रदेशकै समृद्धिमा योगदान पु¥याउने उल्लेख गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ