बाँके, २३ जेठ । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतको प्रमुख आतिथ्य तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालको अध्यक्षतामा समुदाय–प्रहरी साझेदारी अन्तर्गत लागूऔषध, घरेलु तथा यौनजन्य हिंसा सम्बन्धी जनचेतनामूलक कार्यक्रम नेपालगंजको कोहलपुरमा बुधबार सम्पन्न भएको छ ।
नेपाल प्रहरी श्रीमती संघ तथा आसरा सुधार केन्द्र काठमाडौंको संयुक्त आयोजना र अग्रसरतामा सम्पन्न उक्त जनचेतनामुलक कार्यक्रममा कोहलपुरस्थित लक्ष्मी माध्यामिक विद्यालय, कृष्ण माध्यामिक विद्यालय, जन ज्ञान ज्योती माध्यामिक विद्यालय, ज्ञान ज्योती माध्यामिक विद्यालय, सिद्धार्थ माध्यामिक विद्यालय र सगरमाथा ज्ञान कुञ्जका विद्यार्थीहरु, नागरिक समाज, मानव अधिकारकर्मी तथा स्थानीय महिला संजालका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा प्रहरी निरीक्षक पुर्णिमा चन्दले घरेलु हिंसा, यौनजन्य हिंसा, मानव बेचबिखन, साइबर अपराध, बालविवाह लगायतका विषयमा, मनोविमर्शकर्ता विपिन थापाले लागूऔषध दुर्व्यसन र प्रहरी सहायक निरीक्षक योगेन्द्र रेग्मीले ट्राफिक सचेतना सम्बन्धी प्रस्तुतीकरण गरेका थिए ।
तपाईको प्रतिक्रिया