राम नारायण पंडित, सिरहा, १ मंसिर । अपराधिक क्रियाकलाप नियन्त्रण गर्न कुनै कसर बाँकी नराख्ने ईलाका प्रहरी कार्यालय मिर्चैयाका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुकदेव खनालले बताएका छन् ।
केहि दिनअघि मात्र कार्यालय प्रमुखको जिम्मेवारी सम्हालेर आएका डिएसपी खनालले शनिवार कार्यालय परिसरमा अयोजना गरेको परिचयात्मक कार्यक्रममा जनतालाई शान्ति, सुरक्षाको अनुभुति हुने गरी काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
गुण्डागर्दी, तस्करी, वेश्याबृति, समाजिक बिकृति, लागुऔषधको कारोवार, लुटपाट लगायतका गतिबिधिहरुलाई नियन्त्रण गर्ने उनले दाबी गरेका छन् ।
उनले भने “यस ईलाकाको जिम्मेवारी दिएर मलाई पठाएको छ, कानुनको अधिनमा रही म काम गर्छु, तपाईहरुलाई यसमा सहयोग गर्नुपर्छ ।”
अगाडी उनले थपे “यहाँ चार महिनामा चारजना कार्यालय प्रमुख फेरिएछ, यो राम्रो संकेत होईन, यसमा तपाई स्थानिय जनप्रनिधि, राजनितिकर्मीहरुलाई पनि आ–आफ्नो स्थानबाट सोच्नु पर्ने अवस्था आएको छ ।”
तपाईको प्रतिक्रिया