मुसहर समूदायको जनता आवास अवलोकन

समाचार

4/4/2019

महोत्तरी, २० चैत ।  साझा आवाज परियोजना संचालनमा युरोपियन युनियनसँग आर्थिक एवं प्राविधिक सहयोग गर्ने संस्था एफसीएकी नेपाल प्रमुख(कन्ट्री डाइरेक्टर) सोफिया ओलसनले महोत्तरी जिल्लाको एकडारा गाउँपालिका भ्रमण गरेकी छिन् ।

भ्रमणको क्रममा ओलसनले मानवअधिकार पैरवी संजाल एवं गाउँपालिकाका प्रतिनिधिहरुसँग छलफल गरेकी छिन् । छलफलको क्रममा उनले एकडारा गाउँपालिकामा जातिय भेदभाव तथा छुवाछुत हटाउन भइरहेको गतिविधिबारे जानकारी समेत लिएकी छिन् ।

नेपाल प्रमुख ओलसनले अध्यक्ष रामछविला साह, उपाध्यक्ष मजहवी खातुन, निमित्त कार्यकारी प्रमुख मोहनप्रसाद चौधरीसँग एकडारा गाउँपालिकालाई भेदभावमुक्त तथा मानवअधिकार प्रवद्र्धनको लागि भइरहेको कार्य प्रगतिबारे जानकारी लिएकी छिन् ।

एकडारा गाउँपालिकाको भ्रमणमा ओलसनसँगै नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका राष्ट्रिय अध्यक्ष त्रिलोकचन्द्र वि.क. तथा मिडिया एड्भोकेसी गु्रपकी कोषाध्यक्ष रसना ढकालको समेत सहभागिता रह्यो ।

साझा आवाज परियोजना प्रदेश नम्बर २ को महोत्तरीस्थित एकडारा गाउँपालिका तथा सिरहास्थित सखुवानन्कारकट्टी गाउँमा सन् २०२० सम्मको लागि संचालित छ । यस परियोजनाको मुख्य उद्देश्य जातिय भेदभाव तथा छुवाछुतको न्यूनिकरण , महिला सशक्तिकरण तथा मानवअधिकार प्रवद्र्धन रहेको छ ।

मुसहर समूदायको जनता आवास अवलोकन

यसैबीच गाउँपालिका अध्यक्ष रामछविला साह, उपाध्यक्ष मजहवी खातुन एवं राष्ट्रिय दलित समाज कल्याण संघका राष्ट्रिय अध्यक्ष त्रिलोकचन्द्र वि.क., मिडिया एड्भोकेसी गु्रपकी कोषाध्यक्ष रसना ढकाल तथा एफसीएसहितका प्रतिनिधिले संयुक्त रुपमा भटौलियाको मुसहरबस्ती अवलोकन गरेका छन् ।

जनता आवास कार्यक्रम अन्तर्गत दुईबर्ष अगाडिदेखि घर बनाउने काम भइरहेपनि अझैसम्म जगभन्दा माथि उठ्न सकेको छैन । बारा, पर्सामा ज्यानै जाने गरि आएको हावाहुरीको कारणले आफूहरु डराएर रात काट्नुपरेको स्थानीय झगरु माझीले बताए ।

भटौलियाको पूर्व तथा पश्चिममा गरि दुई ठाउँमा मुसहरबस्ती छ । योसँगै भटौलियाको अन्य दलितबस्तीमा गरि १२५ परिवारलाई जनता आवास अन्तर्गत घर बनाउने सम्झौता भएको हो । गाउँपालिका अध्यक्ष साहले अविलम्ब यस विषयमा केन्द्रलाई जानकारी गराउने बताए । गाउँपालिकाबाट आधिकारिक रुपमा दवावमुलक पत्र केन्द्रमा पुगे आफूहरुले यस विषयमा दवाव दिने कार्य गर्ने प्रतिवद्धता राष्ट्रिय दलित समाज कल्याण संघका राष्ट्रिय अध्यक्ष त्रिलोकचन्द्र वि.क.ले ब्यक्त गरेका छन् ।

 

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ