बुटवल, १२ फागुन । तिलोत्तमा नगरपालिकाको–१३ मा अवस्थित जनता मावि, (साधारण तथा प्राविधिक) तीनधुराले आफ्नो स्थापनाको ३७ औं जन्मोत्सव तथा अभिभावक दिवस सम्पन्न गरेको छ ।
बिद्यालय व्यवस्थापन समीति अध्यक्ष शोभाखर चापागाईंको अध्यक्षतामा राष्ट्रिय सभा सदस्य तथा नेकपा प्रमुख सचेतक खिमलाई भट्टराईको प्रमुख अतिथ्यता र प्रदेश सभा सदस्य पुष्पा चौधरीको विशिष्ठ अतिथ्यतामा ३७ औं बार्षिकोत्सव सम्पन्न गरेको हो ।
मित्रलाल क्षेत्रीको सञ्चालनमा भएको कार्यक्रममा स्वागत मन्तव्य राख्दै विद्यालय व्यावस्थापन समीति सदस्य बेद प्रसाद न्यौपानेले गोठबाट सुरु गरेर व्ययभार थेग्न नसक्ने अवस्थामा पनि देउसी भैलो खेलेरै स्थापित गरेको विद्यालयले ३७ बसन्तमा प्रवेश गर्न सफल भएकोमा खुशी व्यक्त गर्दै संस्थालाई मजवुत बनाउन सबैको साथ र सहयोगको अपरिहार्यता औल्याए ।
विद्यालको बार्षिक प्रतिवेदन प्रस्तुत गर्दैै प्रधानाध्यापक प्रचण्ड जिसीले २०७५को शैक्षिक सत्रबाटै प्राविधिक शिक्षा अन्र्तगत सिभिल सब–ओभरसियरका कक्षाहरु सञ्चालन गरिसकेको जानकारी गराउँदै आगामी दिनमा छिट्टै तीन बर्षे ओभरसियरको लागि प्रक्रिया अगाडी बढाईसकेको जानकारी गराए ।
तपाईको प्रतिक्रिया