रौतहट, ६ कार्तिक । प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले जनभावना विपरीत कार्य गरेमा ठूलो दुर्घटना हुन सक्ने बताएका छन् ।
राजदेवी नगरपालिकाको दोस्रो नगरपरिषद्को उद्घाटन सत्रमा सम्बोधन गर्दै राज्यमन्त्री यादवले जनमतको सम्मान गर्नुपर्ने सुझाव दिँदै बहुमतको दुरूपयोग गरे विकासको साटो विध्वंश हुने बताए ।
जनताले दिएको मत र जनताको चाहनाअनुसार कार्य गर्न नगरपालिकाका निर्वाचित पदाधिकारीहरुलाई सल्लाह दिँदै दोस्रो नगर परिषद्बाट पारित हुने बजेट पारदर्शी रुपमा कार्यान्वयन गर्न जोड़ दिए ।
उनले भने, ‘स्थानीय सरकारको नेतृत्व गरिरहेका जनप्रतिनिधिहरुले बहुमतको धाक देखाउनु हुदैन कार्य गर्नु पर्छ ।’
उनले थपे जनमतको विरुद्ध प्रतिपक्षलाई पनि जानु हुँदैन । रौतहटको दैवी प्रकोपले ग्रसित नगरपालिकाको रुपमा रहेका राजदेवी नगरपालिकालाई नमूना विकासोन्मुख नगरको रुपमा पहिचान स्थापित गराउन इमान्दारितापूर्वक कार्य गर्नु पर्ने धारना रखे ।
सिचाईको अभावमा किसान परिरहेकोले प्रदेश सरकारले सिंचाईका लागि रकम विनियोजन गरिसकेकोले चालू आर्थिक वर्षमा नै सिचाईको कार्य प्रारम्भ हुने बताए ।
सिचाई भएमा यस क्षेत्रमा सुन जस्तो उत्पादन हुने विश्वास व्यक्त गर्दै स्थानीय सरकारले प्रदेश सरकारको योजनाहरुको विषयमा जानकारी राख्नु पर्ने उल्लेख गरे ।
प्रदेश सरकारको रेड बुक मेयर धीरेन्द्र सिंहलाइ हस्तानांतरण गर्दै राज्य मन्त्री यादव बेटी बचाऊ, बेटी पढ़ाउ अभियान अंतर्गत २ नंबर प्रदेशमा ५ हजार चलीको विमा गर्ने योजना रहेको बताए ।
प्रदेश सरकारले भ्रुण हत्या गर्नेलाइ जेल सजाय गर्ने कानून समेत ल्याउन लागेको बताउँदै शिक्षा र स्वास्थ्यको विकास गर्ने तरफ प्रदेश सरकार गम्भीर रहेको टिपण्णी गरे ।
तपाईको प्रतिक्रिया