जन्मदिनको अवसरमा प्रधानमन्त्रीद्वारा वृक्षारोपण

समाचार

2/24/2019

काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो ६८ औं जन्मोत्सवको अवसरमा आँपको विरुवा रोपेका छन् ।

बालुवाटार परिसरमा प्रधानमन्त्री ओलीले स्थानीय नर्सरीबाट ल्याएको विरुवा रोपेका हुन् । यसैगरी प्रधानमन्त्री पत्नी राधिका शाक्यले अम्बाको विरुवा रोपेकी छन् ।

जन्मदिनको अवसरमा प्रधानमन्त्री ओलीले केक काटेर पत्नी राधिका र बुबा मोहनप्रसाद ओलीलाई खुवाएकी थिइन् । प्रधानमन्त्री ओलीलाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठ, अभिनेत्री जया प्रदा लगायतले शुभकामना दिएका छन् ।

प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते तेह्रथुमको इवामा जन्मेका हुन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ