जन्मदै छोरीको खातामा पाँच लाख

समाचार

2/8/2020

बारा, २५ माघ । बाराको सिम्रौनगढमा अब छोरी जन्मने बित्तिकै पाँच लाख रुपैयाँको बीमा हुने भएको छ ।

‘मुख्यमन्त्री बेटी पढाऊ, बेटी बचाऊ’ अभियानअन्तर्गत प्रदेश सरकारले तीन लाखको बीमामा सिम्रौनगढ नगरपालिका दुई लाख रुपैयाँ रकम थपिदिएको हो ।

प्रदेश मन्त्रिपरिषद्को गत हप्ता बसेको बैठकले बीमाका लागि दिने गरिएको रकम तीन लाख रुपैयाँ पु¥याउने निर्णय गरेको थियो ।

छोरी शिक्षा बिमामा प्रदेश सरकारले तीन लाख दिने र सिम्रौनगढ नगरपालिकाले पनि दुई लाखसहित पाँच लाख रुपैयाँ दिने नगर प्रमुख विजय शंकर यादवले बताए ।

नपढाउने र उमेर नपुगी बिहे गरिदिने चलनलाई फेर्न छोरीले परिवारबाट २० वर्षसम्म शिक्षा आर्जनको सुविधा पाएको खुलेपछि मात्रै बीमाको रकम भुक्तानी पाउनेछन् ।

छोरीका लागि बीमा योजनाको रकम बढाइएको घोषणा गर्दै मुख्यमन्त्री लालबाबु राउतले २० लाख पु¥याउने लक्ष्य रहेको बताए । प्रदेश सरकारले २०७५ माघयता जन्मिएका छोरीहरूको बीमा गर्दै आएको छ ।

प्रभु बैंकको सहकार्यमा चार हजार ३७३ जनाको बीमा भइसकेको छ । थप तीन हजार ११८ जनाको बीमा गर्ने कागजात मुख्यमन्त्री कार्यालयमा प्रक्रियामा छ ।

गत फागुन ९ मा वीरगन्जबाट राष्ट्रपति विद्यादेवी भण्डारीले छोरी बीमा अभियानको शुभारम्भ गरेकी थिइन् । बीमाका लागि गत वर्ष संघीय सरकारले ५० करोड रुपैयाँ दिएको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ