जुनोसिस रोगबारे छलफल

समाचार

3/27/2019

कपिलवस्तु, १२ चैत । शुद्धोधन गाउँपालिका लवनी कपिलवस्तुले पशुबाट मानिसमा सर्ने रोग अर्थात जुनोसिस रोग बारे १ दिने अन्तरक्रिया लवनी स्वास्थ्य चौकीमा सम्पन्न गरेको छ ।

घरपालुवा पशु तथा छाडा रुपमा पालिने पशुपक्षीं र जगली पशुबाट मानिसमा सर्ने सयौं प्रकारका रोग भएकोले त्यसबाट बच्नका लागि जनचेतना गर्नका लागि कार्यक्रम आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

कार्यक्रममा पशुबाट मानिसमा सर्ने रेविज, क्षयरोग, पटके, एभियन इन्फुन्जा, जापानिज इन्सेफलाटिस, एन्थेक्स, जुका लगायतका रोगको बारेमा वरिष्ठ पशु चिकित्सक डां अखिलेश्वर पाण्डेयले सहजिकरण गरेका थिए ।

खुल्ला सिमाना, पशुमा खोप नलगाउने चलन तथा सरसफाइमा ध्यान नदिनु काचो मासु तथा दुधको सेवनले गर्दा यस्ता रोगहरुमा मानिसमा सजिलै सर्ने र ज्यानै समेत जान सक्ने खतरा रहेको समेत पाण्डेयले बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ