ब्राउनसुगरसहित तीन जना पक्राउ

समाचार

2/24/2020

धनगढी, १३ फागुन । कैलाली प्रहरीले लागुऔषध ब्राउनसुगरसहित तीन जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटेको प्रहरी टोलीले १५० मिलिग्राम ब्राउनसुगरसहित धनगढीमा रहेको अछाम होटलबाट उनीहरुलाई सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–२ का ३० वर्षीय रोशन सिंह, ३२ वर्षीय करन देउवा, ३६ वर्षीय सुभास हमाल रहेका छन् । तीनै जनाविरुद्ध अदालतमा म्याद थप गराएर थप अनुसन्धान गरिरहेको प्रहरी प्रवक्ता प्रकाशसिंह कार्कीले जानकारी दिए ।

प्रहरीले शनिबार मात्रै अछाम होटलका संचालक विजय साउद र धनगढी उपमहानगरपालिका–२ का ३३ वर्षीय सुनील कुँवरलाई पक्राउ गरेको थियो । उनीहरुका साथबाट तीन ग्राम ४१० मिलिग्राम ब्राउनसुगर बरामद भएको प्रहरी प्रवक्ता कार्कीले जानकारी दिए । सो हेटलमा होटल संचालककै संलग्नतामा लागुऔषको कारोबार हुने गरेको प्रहरीको भनाइ छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ