बाँके, ७ चैत । जीपको छतमा बसेर यात्रा गर्ने एकजनाको खसेर मृत्यु भएको छ । राप्ती सोनारी गाउँपालिका–२ स्थित भित्री सडकमा मंगलबार दिउँसो भे.१ ज ३३६ नम्बरको जिपको छतबाट खसेर गम्भीर घाइते भएका सोही गाउँपालिका खोरीया बस्ने २९ वर्षीय ध्वजबहादुर भण्डारीको उपचारको लागि मेडिकल कलेज कोहलपुर लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया