सप्तरी, १० बैशाख । शम्भुनाथ नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा को.१ च ८४०० नम्बरको जिपको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।
सोही ठाउँ बस्ने पैदलयात्री ७० वर्षीया मखनी देवी थरुनीलाई सोमबार राति ठक्कर दिंदा गम्भीर घाइते भएकीले उपचारको लागि युनिक अस्पताल रुपनीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
जिप र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया