नवलपरासी (पूर्व), २३ चैत । हुप्सेकोट गाउँपालिका–२ गोहेरीगाउँ बस्ने ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा नवलपरासी(पूर्व) कावासोती नगरपालिका–१६ डण्डामा कवाडी संकलन गरी बस्ने भारत मोतीहारीका ४० वर्षीय गुनेशप्रसाद कुस्वारलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
सोही गाउँपालिकास्थित जंगलमा ती महिलालाई कुस्वारले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट डण्डाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया