जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

समाचार

2/7/2019

पर्सा, २३ माघ । वीरगंज महानगरपालिका–२४ रामगढवा बस्ने १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मंगलबार २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ४० वर्षीय मतलुब मिया र सोही महानगरपालिका(२० का ३२ वर्षीय सम्सोदिन अंसारी रहेका छन् ।

माघ १७ गते बेलुका किशोरी घर बाहिर खेतमा निस्केको बेला अंसारी र मियाले जबरजस्ती करणी गर्न खोजेकोले प्रतिकार गरी भागेकोमा दुबै जनाले लखटेर भुईमा लडाई कुटपिट गरी ज्यानमार्ने धम्की समेत दिई सामुहिक करणी गरेको अभियोगमा उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ परेका दुवैजनालाई जबरजस्ती करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ