कैलाली, ८ असार । धनगढी बस्ने १३ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा ३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा धनगढी उपमहानगरपालिका १५ उर्मागाउँ बस्नेहरु २५ वर्षीय फट्टुलाल चौधरी, २३ वर्षीय बिजय चौधरी र सोही उपमहानगरपालिका(७ मनेहरा बस्ने २५ वर्षीय झगरु चौधरी रहेका छन् ।
बालिकालाई फकाएर से.१ प ३०७४ नम्बरको मोटरसाइकलमा जंगलमा लगेर जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी कनरीबाट खटिएको प्रहरीले मोटरसाइकल सहित उनीहरुलाई पक्राउ गरेको हो ।
तपाईको प्रतिक्रिया