बाँके, ११ माघ । ३५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा राप्तीसोनारी गाउँपालिका–१ खोपरी बस्ने २४ वर्षीय विक्रम थारुलाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
थारुले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय कुसुमबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया