धनुषा, २२ बैशाख । मिथिला नगरपालिका–११ लोटा बस्ने ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा, वीरगंज महानगरपालिका ३२ बस्ने ३५ वर्षीय फिरोज अलीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
शारीरिक रुपमा अशक्त ती महिला राम्रो उपचार गर्छु भनि ललाईफकाई शनिबार साँझ फिरोजले जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय ढल्केबरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया