नयाँ दिल्ली, ३ माघ । भारत सरकारले आफ्ना ३६ मन्त्रीहरुलाई जम्मु–कस्मिरको भ्रमणमा पठाउन लागेका छन् ।
भारत सरकारले जम्मु–कस्मिरलाई विशेष राज्यको दर्जा दिएको धारा ३७० खारेज गरेको पाँच महिना पछि प्रधानमन्त्री नरेन्द्र मोदीले आफनो मन्त्रिपरिषद्का ३६ मन्त्रीहरुलाई जम्मु कास्मिरको भ्रमणमा पठाउन लागेका हुन् ।
विपक्षीले जम्मु कास्मिरको अवस्था नसुध्रिएको आरोपलाई चिर्न मोदी सरकारका ३६ मन्त्रीहरुले जम्मु कस्मिरको भ्रमण गर्न लागेका हुन् । मन्त्रीहरुले जनवरी १८ देखि २५ सम्म जम्मु–कस्मिरको भ्रमण गर्ने भएका छन् ।
भारतीय सञ्चारमाध्यमका अनुसार ३६ जना मन्त्रीहरू जम्मु–कस्मिरका विभिन्न क्षेत्रमा जानेछन् र ती क्षेत्रमा संविधानको धारा ३७० को प्रावधान र यस क्षेत्रका लागि सरकारले हटाएपछि जनतालाई कस्तो असर परिरहेको छ भन्ने बारेमा छलफल गर्नेछन् । मन्त्रीहरुले सरकारले सो क्षेत्रमा सञ्चालन गरिरहेका आयोजना र कार्यक्रमहरुका बारेमा समेत जानकारी दिने कार्यक्रम रहेको छ ।
विपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसले भने यसलाई सरकारको प्रचारको भएको आरोप लगाएको छ । उसले पहिलो कानुन पारित गरेर पछि जनतामा सोध्न जाने नौटंकी सरकारले गरिरहेको बताएको छ ।सत्तारुढ भारतीय जनाता पार्टीले भने मन्त्रीहरुको भ्रमण राजनीतिक नभई जम्मु कस्मिरको विकासमा केन्द्रित रहेको बताएको छ ।
तपाईको प्रतिक्रिया