जामिया सिराजुल उलुम अल्सल्फियामा वार्षिकोत्सव मनाइँदै

समाचार

4/10/2019

कपिलवस्तु, २७ चैत । कपिलवस्तु जिल्लाको कृष्णानगर नगरपालिका वडा नं ३ मा अवस्थित जामिया सिराजुल उलुम अल्सल्फिया विद्यालयमा वार्षिकोत्सव मनाइँदै छ ।

सो कार्यक्रममा अब्दुल मतिमले कुरानशरीफको पाठ पढेर उद्घाटन गरे । जसको प्रमुख अतिथि बहुजन समाजवादी पार्टीका प्रदेश अध्यक्ष एहसान अहमद खां, विशिष्ट अतिथि राष्ट्रिय मदरसा संघ नेपालका राष्ट्रिय अध्यक्ष डा.अब्दुल गनि अल्कूफी जस्मा एहसान अहमद खांले आफ्नो मन्तव्य राखेका थिए ।

विद्यार्थीले आफ्नो धर्म, भाषा र संस्कृतिको संरक्षण गर्दे स्वावलम्बी बन्नु पर्ने, समाज र देशको नाम विश्वमा चिनाउने जस्ता काममा जोड दिनुपर्ने बताउँदै विद्यार्थीलाई पुरस्कार दिन रू. पाँच हजार सहयोग समेत गरे ।

उक्त कार्यक्रममा विद्यार्थीहरुले नेपाली, उर्दू, आरबी, अंग्रेजी र हिन्दीमा धार्मिक, सामाजिक, सांस्कृतिक, नैतिक लगायत अन्य बिषयमा आआफ्नो मन्तव्य राखे ।

उक्त कार्यक्रम ३ दिनसम्म चल्ने र उत्कृष्ट विद्यार्थीलाई प्रदेश नं. ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालबाट पुरस्कृत समेत गरिने कुरा राष्ट्रिय मदरसा संघ नेपालका महासचिव मौलाना मशहूद खां नेपालीले जानकारी दिए ।

उक्त कार्यक्रममा अब्दुल रसिद मदनी, प्रवेज मदनी, फज्ले हक मदनी, खुर्शीद शैख सल्फी इकरार अहमद खान लगायत विद्यार्थी, शिक्षक, पत्रकार समाजसेवीको उपस्थिति रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ