‘जेरियाट्रिक विज्ञ समूह’ गठन

समाचार

2/4/2019

काठमाडौं, २१ माघ । राष्ट्रिय मानवअधिकार आयोगले ज्येष्ठ नागरिकको अधिकारलाई प्राथमिकतामा राख्न आयोगका पूर्वसदस्य डा गौरीशङ्करलाल दासको अध्यक्षतामा ‘जेरियाट्रिक विज्ञ समूह’ गठन गरेको छ ।

आयोगले ज्येष्ठ नागरिकको स्वास्थ्यको अधिकारको संरक्षण गर्ने उद्देश्यले दासको अध्यक्षतामा प्राडा धु्रवराज अधिकारी, डा दिनेश सापकोटा, डा रमेश कँडेल, डा रचना शर्मा, डा लोचना श्रेष्ठ र डा नरेन्द्रसिंह ठगुन्ना रहेको जेरियाट्रिक विज्ञ समूह गठन गरेको हो ।

आयोगले ज्येष्ठ नागरिकको अधिकारलाई प्राथमिकतामा राखी देशभरका वृद्धाश्रम तथा ज्येष्ठ नागरिक हेरचाह केन्द्रको अनुगमन गरी प्रतिवेदनसमेत प्रकाशित गरिसकेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ