जलेर घाइते भएकी महिलाको मृत्यु

समाचार

4/30/2019

धनुषा, १७ वैशाख । आगोले जलेर गम्भीर घाइते भएकी शहिदनगर नगरपालिका–१ ठुलो चिरैया बस्ने २१ वर्षीया निर्मला देवी यादवको उपचारको क्रममा मृत्यु भएको छ ।

घरायसी बिवादको कारण वैशाख ५ गते उनकै पति मुकेश कुमार गोइतले मट्टितेल छर्केर आगो लगाई दिँदा गम्भीर घाइते भएको बताइएकी उनको कीर्तिपुर वर्ण अस्पतालमा उपचारको क्रममा सोमबार दिउँसो मृत्यु भएको हो ।

हाल फरार मुकेशको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ