जलेश्वरमा मानवअधिकार र अविभेद सम्बन्धी तालिम सम्पन्न

समाचार

2/19/2019

महोत्तरी, ७ फागुन । साझा आवाज परियोजनाअन्तर्गत स्थानीयस्तरका मुख्य अभिकर्ता परिचालनका लागि मानवअधिकार र अविभेद सम्बन्धी तीनदिने तालिम जलेश्वरमा सम्पन्न भएको छ ।

एकडारा गाउँपालिकाका २० भन्दा बढी मुख्य अभिकर्ताहरुलाई मानवअधिकार, छुवाछुत तथा भेदभावविरुद्धको कानुन, सूचनाको हक, सञ्चारको भूमिका, लैंगिकता, समता र समानतासहितको विषयमा तालिम दिइएको हो ।

नेपाल राष्ट्रिय दलित समाज कल्याण संघका प्रतिनिधि रिना पासवान, जिल्ला परियोजना संयोजक सिजेन्द्र सदा, फिल्ड अफिसर रुपा पाठक, लक्ष्मण मेस्तर, मानवअधिकार पैरवी संजालका संयोजक सखिचन्द्र यादव, मिडिया एड्भोकेसी गु्रप (म्याग) का प्रदेश २ प्रतिनिधि राकेश प्रसाद चौधरीसहितका व्यक्तिहरुले तालिमको सहजीकरण गरेका थिए ।

तलिमका सहभागीहरुले कानुन बनेको दशकभन्दा बढी समयपछि सूचनाको हकलगायतको विषयमा जानकारी पाउनु सुखद भएको र भविष्यमा यसको प्रयोग गर्ने प्रतिक्रिया दिए ।

युरोपियन युनियन तथा फिन चर्च एड (एफसीए) को आर्थिक सहयोगमा संचालित साझा आवाज परियोजनामा संघले सामाजिक परिचालन एवं परियोजना गतिविधि, म्यागले सूचना तथा सञ्चारसँग सम्बन्धित गतिविधि तथा एफसीएले मूल्याङ्कन तथा प्रभाव मापनसँग सम्बन्धित गतिविधि गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ