जलेश्वर अस्पतालमा सेवाग्राही मर्कामा

समाचार

1/29/2019

महोत्तरी, १४ माघ । महोत्तरीको जिल्ला अस्पताल जलेश्वरमा प्रसुती सेवा लिन आउने बिरामीहरुले निकै सास्ती र झंझट ब्योहर्नुपरेको छ ।
गए राती अस्पतालमा स्वास्थ्यकर्मीको अभावमा चारजना गर्भवतीलाई जनकपुर रेफर गरिएको थियो भने एक्लै एकजना नर्सले दुईवटा प्रसुती सेवा प्रदान गरेकी छिन । ड्युटी परेको नर्स बिना सुचना अनुपस्थित भएपछि आइतवार बिहानसम्म नर्स मिरा(मन्दिरा) चौधरीले जिम्मेवारी सम्हालेकी थिइन् । प्रसुतीलाई सेवा दिएकै कारण अस्पताल प्रशासनबाट उनले हप्कीदप्की खानुपरेपछि बिरामीका कुरुवाहरुले जलेश्वर अस्पतालमा प्रदर्शन समेत गरे । कार्यालयको समेत समय भइसकेको बेला बिरामीका आफन्तहरुले अस्पतालमा ब्यवस्थापन दुरुस्त गर्न हल्ला गरिरहेको बेला डा. राजीव झाले नीजि क्लिनिकमा बिरामी जाँच गरिरहेको थिए ।

अर्को साथीको अनुपस्थितीमा प्रसुती सेवा दिएको नर्स चौधरीलाई अस्पताल प्रशासनले ड्युटी सक्ने बित्तिकै जान निर्देशन दिएको र मान्छे मरे मर्न दिने जस्ता आदेश दिएको कुरा बाहिर आएपछि बिरामीका आफन्तजनले आपत्ति जनाउँदै यसबारे सरोकारवालाहरुलाई जानकारी दिएका थिए ।

जलेश्वर अस्पतालमा जनशक्तिको ब्यवस्थापन नगरी एक दुई नर्सको भरमा प्रसुती सेवा दिदँै आएको हो भने रात्रीकालिन समयमा गर्भवतीहरु यस अस्पतालको नाममै तर्सिने गरेको पाइएको छ । साथै एकबर्ष बितरण नभएको प्रसुती सेवा आमा सुरक्षा भत्ता पेश्की लिइएको एकमहिना भइसक्दा समेत अस्पतालमा बितरण हुन सकेको छैन ।

नियमित रुपमा बिरतण हुने यातायात र आमा सुरक्षावापतको रकम अस्पताल ब्यबस्थापनले हिनामिना गर्ने मनसायले एकबर्ष बितरण गर्न लागेकोले अनियमिता हुनसक्ने आशंका जानकारहरुले गरेका छन् । अस्पतालमा आइतवार विहान जलेश्वर नगरपालिका २ का वडा अध्यक्ष बरुण दाहालले घट्नाबारे बुझेपनि उनको कुरालाई समेत अस्पताल प्रशासनले बेवास्ता गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ