जलेश्वर महादेव मन्दिरमा दलित सहभागिता

समाचार

5/21/2019

महोत्तरी, ७ जेठ । विभिन्न मठ मन्दिरमा दलित समुदायको प्रवेशकै लागि संघर्ष भइरहँदा जलेश्वर महादेव मन्दिरको विभिन्न कार्यहरुमा सोही समुदायको समावेशिता तथा सहभागिता देखिन्छ ।

राजकिशोर राम, राजेश कुमार राम, शिव कुमार रामसहितका दलित युवाहरु मन्दिर परिसरभित्र हुने विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रममा अग्रता देखाउने गरेका छन् ।

यी युवाहरु आफ्नो चमार समूदायको टोलमा मात्र नभई मन्दिर क्षेत्रभित्र निर्माण हुने विभिन्न संरचनाको उपभोक्ता समितिमा समेत समय दिने गरेका छन् ।

भिजिट जलेश्वर, सेभ जलेश्वर तथा शिवगंगा आरती समूहले समय समयमा आयोजना गर्ने सांस्कृतिक संरक्षण,कार्यक्रम, सरसफाई तथा प्रचारप्रसारको कार्यमा राजेश कुमार रामको उल्लेखनिय सहभागिता हुने गरेको सेभ जलेश्वरका संस्थापक सदस्य मनोज साहले बताए ।

गतबर्ष कार्यसम्मपन्न भएको सतीमाई मन्दिर निर्माण समितिमा राजकिशोर राम सचिव थिए । यसबर्ष जलेश्वर महादेव मन्दिरदेखि पूर्वको पुरन्धोई पोखरी किनारको घेराबेराको निर्माणका लागि राजकिशोर राम कोषाध्यक्ष चयन भएका थिए । तर राजनीतिकरण भएपछि हटाइएको उनको आरोप छ ।

 

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ