जुवातास खेलिरहेको अवस्थामा १६ जना पक्राउ

समाचार

1/27/2020

कैलाली, १४ माघ । धनगढी उपमहानगरपालिका–३ बस्ने तिलक अधिकारीको घरमा जुवातास खेलिरहेका गोदावरी नगरपालिका–१० बस्ने २८ वर्षीय रबिन्द्र शाही समेत १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई नगद २२ लाख ८२ हजार रुपैयाँ र १९ बुक तास सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ