जुवातास खेलिरहेका ११ जना पक्राउ

समाचार

10/23/2019

बाँके, ६ कार्तिक । नेपालगंज उपमहानगरपालिका–१८ तेजनगर बस्ने काली बहादुर पुनको घरमा जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

सुर्खेत बीरेन्द्रनगर नगरपालिका–३ बस्ने ४१ वर्षीय हरि थापा समेत ११ जनालाई नगद ६२ हजार रुपैयाँ र ३ बुक तास सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ