झापाको शिवसताक्षी नपाद्वारा हावाहुरी पीडितलाई पाँच लाख सहयोग

समाचार

4/19/2019

जनकपुरधाम, ५ बैशाख । बारा र पर्साको हावाहुरी पीडितलाई झापाको शिवसताक्षी नगरपालिकाले पाँच लाख सहयोग गरेको छ ।

शिवसताक्षी नगरपालिकाका प्रमुख चन्द्र कुमार शेर्मा लिम्बु नेतृत्वको टोलीले उक्त रकम बराबरको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् ।

चेक बुझ्दै मुख्यमन्त्री राउतले प्राकृतिक विपद्बाट प्रभावित बारा र पर्साका बासीन्दालाई सहयोग गरेकोमा नगर प्रमुख लिम्बुसहित टोलीमा धन्यवाद ज्ञापन गरे ।

चेक बुझाउँदै नगर प्रमुख लिम्बुले प्रदेश २ को बारा र पर्सा जिल्लाका प्राकृतिक प्रकोप पीडितलाई सहयोगको लागि जनकपुर आइपुगेको बताए ।

सो अवसरमा शिवसताक्षी नगरपालिकाकी उपप्रमुख भोजकुमारी नेपाल, प्रमुख प्रशासकीय अधिकृत विष्णु बहादुर अधिकारी, शाखा अधिकृत डिल्ली नेपाल, वडा नं. २ का वडा अध्यक्ष कुल बहादुर बस्नेत, जग्गाधनी दर्ता प्रमाण पुर्जा समिति झापाका अध्यक्ष राधाकृष्ण खनाल लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ