झुलुङ्गे पुल शिलान्यास

समाचार

6/21/2019

रौतहट, ६ असार । गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गुप्ताले बिहीबार झुलुङ्गे पुलको शिलान्यास गरेका छन् ।

गौर नगरपालिका वडा नम्बर ५ स्थित रहेको बरहवा खोलामा निर्माण हुने झुलुङ्गे पुलको मेयर गुप्ताले शिलान्यास गरेको हो । यो सँगै दोस्रो झुलुङ्गे पुल निर्माण हुँदैछ ।

बरहवा ताल सौन्दर्यीकरणको कार्य तीव्र रुपमा बढिरहेको छ । गौरीशंकर यादव रौतहट क्याम्पसदेखि उत्तर तर्फमा पुल निर्माण भैरहेको हो ।

पुरानो मन्दिरको रुपमा पारी पट्टी पूर्व रहेको गुफा मठमा आवत जावत गर्न सजिलो हुने उद्देश्यले सो ठाउँमा पुल निर्माण शुरू गरिएको छ । दुई आर्थिक वर्षमा निर्माण हुने सो पुलको अनुमानित लागत ६० लाख भएको नगरप्रमुख गुपताले जनाएका छन् ।

शिलान्यास कार्यक्रममा स्थानीय जनप्रतिनिधि लगायत सर्वसाधारण सहभागी भएका थिए । गौरमा अहिले विकास निर्माणका कार्य धमाधम भइरहेको छ ।

बाटो, नाला, पोखरी सौन्दर्यीकरण, बरहवा तलको सौन्दर्यीकरण, बाईपासको निर्माण, दलित छात्रावास भवनको निर्माण कार्य शुरू रहेको मेयर गुप्ताले बताएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ