वीरगन्ज, ११ माघ । प्रदेश नं.२ स्तरीय पर्सा जिल्लामा प्रथम पटक टि–ट्वेन्टि प्रिमियर क्रिकेट प्रतियोगिता नारायणी रङ्गशालामा सुरु भएको छ ।
यस प्रतियोगितामा खेलाडिहरुलाई खरिद् गरी प्रतियोगिता खेलाउन प्रथा रहेको छ ।
ख्याती प्राप्त खेलाडिहरुलाई ५ हजार देखी २० हजारसम्मको मुल्यमा खेलाडिहरु खरिद गरी प्रतियोगिता खेलाउने चलन रहेको वडा नम्बर १३ का वडा अध्यक्ष तृफान अनसारीले जानकारी गराएका छन् ।
प्रदेश नं.२ को सबै जिल्लाहरुबाट खेलाडिहरुलाई खरिदगरी आ–आफनो क्लब वा संस्थाको माध्यमबाट खेलाइन्छ ।
तपाईको प्रतिक्रिया