टिप्परमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

समाचार

12/16/2018

कपिलवस्तु, २९ मंसिर । बाणगंगा नगरपालिका–२ बैरिया बुद्धचोकस्थित महेन्द्र राजमार्गमा रोकी राखेको लु.२ ख १३४९ नम्बरको ट्रिपरमा लु.८ प ३५३८ नम्बरको मोटरसाइकल शुक्रबार बेलुका ठक्कर खाई दुर्घटना हुँदा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार सोही नगरपालिका–१ बस्ने १८ वर्षीय समुन्द्र थारुको अंचल अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सोही ठाउँ बस्ने ३८ वर्षीय लालबहादुरलाई अंचल अस्पताल बुटवल हुँदै थप उपचारको लागि मेडिकल कलेज भैरहवा पठाइएको छ । दुर्घटनाको सम्बन्धमा स्थानीय प्रहरीले उद्धार एवम् आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ