कपिलवस्तु, ४ मंसिर । कपिलवस्तु जिल्ला ट्राफिक प्रहरी कार्यालय, गोरुसिंगेले कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. ५ चन्द्रौटास्थित पूर्व–पश्चिम महेन्द्र राजमार्गमा टिप्पर चालकलाई सवारी टाइम कार्ड वितरण गरेको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक बाबु राजा पन्त समेतको टोली खटि गई बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले यस जिल्लाको चन्द्रौटा, गोरुसिंगे, पिपरा हुँदै मुर्गियासम्म चल्ने भाडाका टिप्परहरुलाई सवारी टाइम कार्ड वितरण गरी संचालनमा ल्याइएको छ ।
साथै सोही अवसरमा विभिन्न सवारीका चालक, सहचालक र धनि गरी ६० जनालाई भेला जम्मा गरी सुरक्षित तरिकाले कसरी ओभरटेक गर्ने तथा ट्राफिकका चिन्हरुका बारेमालगायतका विभिन्न विषयमा जनचेतनामूलक कक्षा संचालन समेत गरिएको थियो ।
तपाईको प्रतिक्रिया