टिपरको ठक्करबाट बालकको मृत्यु

समाचार

1/14/2019

महोत्तरी, २९ पुस । सम्सि गाउँपालिका–२ स्थित सडकमा ना.७ ख ६४२७ नम्बरको टिपरले आइतबार बिहान ठक्कर दिँदा सोही ठाउँ बस्ने शेख फयाजको ८ वर्षीय छोरा शेख सदामको घटनास्थलमै मुत्यु भएको छ ।

टिपर र चालक प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले उद्दार कार्य एवं आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ