टिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु

समाचार

5/24/2019

मोरङ, ९ जेठ । सुन्दरहरैचा १० खोर्साने केराबारीस्थित सडकमा को.१ ख ४३५५ नम्बरको टिपरले को.५ प ५५०० नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार केराबारी गाउँपालिका ९ बस्ने ४८ वर्षीय बमबहादुर बस्नेतको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको घोपा अस्पताल धरानमा उपचारको क्रममा मृत्यु भएको हो । टिपरका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ