आयोजक टिम फाइनल प्रवेश

समाचार

2/22/2020

वीरगन्ज, १० फागुन । पर्सागढी वीरगन्ज युथ एकेडेमीलाई हराउँदै आयोजक पर्सागढी युवा स्पोर्टस क्लब पर्साको बढनिहारमा जारी प्रथम पर्सा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

पर्सागढी युवा स्पोर्टस क्लबको आयोजनामा भएको खेलमा वीरगन्जलाई १ का बिरुद्ध २ गोल गर्दै आयोजक फाइनलमा प्रवेश गरेको हो । निकै रोमाञ्चक देखिएको खेलको सुरुवाती २० औं मिनेटमा पर्सागढीका सुशान्त चौधरीले पहिलो गोल गरे ।

खेलको ४७ औ मिनेटमा पर्सागढीका सुरज घिमिरेको अर्को गोल थपेर टिमलाई २ गोलको अग्रता दिलाए । वीरगन्जका तर्फबाट खेलको ५७ औ मिनेटमा आदित्य शाक्यले १ गोल गरेपनि जितका लागी प्रयाप्त भएन ।

पटक पटकको अवसरलाई सदुपयोग गर्न नसक्दा वीरगन्ज पराजित हुन पुग्यो । खेलको म्यान अफ द म्याच पर्सागढीका प्रशान्त भुजेल भए । उनलाई पुर्व खेलाडी समेत रहेका आधारभुत बिद्यालय बागवानामा प्रअ जोगेन्द्र प्रसाद चौधरी र स्थानीय युवा सुनिल तिमल्सीनाले नगद सहित ट्रफी प्रदान गरे ।

फागुन १४ गतेसम्म हुने प्रतियोगितामा प्रथम हुने टिमले नगद एक लाख सहित प्रमाण पत्र तथा दोस्रो हुने टिमले नगद ५० हजार सहित प्रमाण पत्र पाउने पर्सागढी युवा स्पोर्टसका अध्यक्ष याम बहादुर थापाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ