बारा, २३ जेठ । कलैया उपमहानगरपालिका २२ ढोधास्थित सडकमा ट्याक्टरको टेलरले थिचिएर चालकको मृत्यु भएको छ ।
ना.१ त.८५०० नम्बरको ट्याक्टरमा मकै लोड गर्ने क्रममा टेलरले थिचिएर चालक सोही स्थान बस्ने अन्दाजी ५५ वर्षीय भरत यादवको बिहीबार बिहान मृत्यु भएको प्रहरीले जनाएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया