ट्याक्टरको ठक्करबाट महिलाको मृत्यु

समाचार

12/27/2019

कैलाली, ११ पुस । घोडाघोडी नगरपालिका–२ स्थित सडकमा से.१ त ९२७३ नम्बरको ट्याक्टरको ठक्करबाट एक महिलाको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री कालिकोट कालिका गाउँपालिका–६ बस्ने २७ वर्षीया कल्पना परियारको घोडाघोडी अस्पताल सुख्खडमा उपचारको क्रममा बिहीबार दिउँसो मृत्यु भएको छ ।

सोही ट्याक्टरको ठक्करबाट घाइते भएका मृतकका श्रीमान ४१ वर्षीय रमेश परियारको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ