मोरङ, २० बैशाख । विराटनगर महानगरपालिका–१२ मङलबारे भित्री सडकखण्डमा को.२ त २१२४ नम्बरको ट्रयाक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
ट्याक्टरले शुक्रबार बिहान ठक्कर दिंदा घाइते भएकी सोही ठाउँ बस्ने दिपनारायण राजबंशीको १० वर्षीया छोरी चन्द्रकला राजबंशीको मृत्यु भएको छ ।
कोशी अञ्चल अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ट्याक्टर नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया