बाँके, ९ जेठ । कोहलपुर नगरपालिका ११ साझाचोकस्थित सडकमा भे.१ त ६४६९ नम्बरको ट्याक्टरमा भे.४.प.७३२९ नम्बरको मोटरसाइकल बिहीबार बिहान ठोक्किदा गम्भीर घाइते भएका मोटरसाइकल चालक सोही नगरपालिका ८ बस्ने ६० वर्षीय खडग बहादुर घर्तिमगरको मेडीकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएका खडग बहादुरको श्रीमती ५५ वर्षीया श्यामकली घर्तिमगरको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया