रुपन्देही, २८ चैत । देवदह नगरपालिका–५ नमूनाटोलस्थित सडकमा लु.३ त २२८३ नम्बरको ट्याक्टरले किच्दा सोही स्थान बस्ने सुमी सुनारकी २ वर्षीया छोरी ईछा सुनारको बिहीबार बिहान मृत्यु भएको छ ।
उक्त ट्याक्टर ब्याक गरी बाटोमा निकाल्ने क्रममा किच्दा गम्भीर घाइते भएकी उनको देबदह मेडिकल भलुहीमा उपचारको क्रममा मृत्यु भएको हो । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
तपाईको प्रतिक्रिया