ट्याक्टर एक्कासी गुड्दा बालिकाको ज्यान गयो

समाचार

12/28/2019

नेपालगन्ज, १२ पुस । बाँके जिल्लामा पार्किङ्ग गरी राखेको ट्याक्टर एक्कासी गुड्दा एक बालिकाको ज्यान गएको छ ।

राप्तीसोनारी गाउँपालिका–८ खल्लागाउँ बस्ने शेर बहादुर पुनको घरमा पार्किङ गरी राखेको उनकै ट्याक्टर एक्कासी गुड्दा उनकी १८ महिनाकी छोरीलाई किच्दा शनिबार दिउँसो मृत्यु भएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ