सर्लाही, ११ फागुन । ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बहरथवा नगरपालिका–१६ गङ्गापुरमा ट्याक्टर पल्टिएर ब्याट्री सर्ट भई आगो लाग्दा चालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा हरिपुर नगरपालिका–१ का २५ वर्षीय राजेश महतो रहेको प्रहरीले जनाएको छ ।
शुक्रबार महतो आफैँले किनेर ल्याएको अन टेस्ट ट्याक्टरले खेत जोत्न जाँदै गर्दा नालामा ट्याक्टर पल्टिएको थियो ।
तपाईको प्रतिक्रिया