ट्याक्टर दुर्घटनामा मृत्यु

समाचार

6/21/2019

बारा, ५ असार । निजगढ नगरपालिका ४ स्थित बकैया खोलाको बगरमा ना.२ त ८००६ नम्बरको ट्याक्टर खाल्डोमा खस्दा एक युवकको मृत्यु भएको छ ।

बिहीबार बिहान दुर्घटना हुँदा ट्याक्टरमा काम गर्ने सोही ठाउँ बस्ने २३ वर्षीय सहिन्सा कुमरको घटनास्थलमै मृत्यु भएको छ ।

ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ