महोत्तरी, ७ चैत । पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबास नगरपालिका– ५ मा ट्र्याक्टर र मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्र्याक्टरमा सवार सर्लाही हरिपुर–७ का २५ वर्षीय राजवीर राय रहेका छन् । उखु बोकेको ज१त ९८४२ नंको ट्र्याक्टर र बा७प ८१४३ नंको मोटरसाइकल एकापसमा ठोक्किँदा रायको मृत्यु भएको हो । मोटरसाइकलसँग ठोक्किएर सडकभन्दा तल पल्टिन गएको र ट्र्याक्टरमा सवार राय भाग्न खोज्दा सोही ट्र्याक्टरले च्यापिप्एर रायको मृत्यु भएको छ ।
तपाईको प्रतिक्रिया