सिरहा, २६ चैत । ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा लहानमा तीन जनाको मृत्यु भएको छ ।
लहान नगरपालिका–१३ भोटिया चोक नजिक पूर्वपश्चिम राजमार्गमा ना.३ ख ७७७४ नम्बरको ट्रकले स.९ प ७३७८ नम्बरको मोटरसाइकललाई सोमबार साँझ ठक्कर दिंदा तीन जनाको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलमा सवार लहान नगरपालिका–४ बस्नेहरु २६ वर्षीय कृष्ण सहनी, २६ वर्षीय शिवकुमार सहनी र २५ वर्षीय मनोज मण्डल समेत ३ जनालाई उपचारका लागि रा.उ.स्मारक अस्पताल लहान लैजाने क्रममा तीनै जनाको बाटोमै मृत्यु भएको छ ।
दुवै सवारी साधन र ट्रक चालक सिन्धुपाल्चोक बाराबिसे नगरपालिका–७ बस्ने ३० वर्षीय ध्रुव देउजालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया