ट्रकको ठक्करबाट मृत्यु

समाचार

11/18/2018

कपिलवस्तु, २ मंसिर । कपिलवस्तु जिल्लाको वाणगङ्गा नगरपालिका–२ कलौनी चोकमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

पूर्वपश्चिम राजमार्गमा पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको ना ७ ख ५९२९ नंको ट्रकले विपरीत दिशाबाट जाँदै गरेको साइकल यात्रीलाई विद्यालय जाने क्रममा ठक्कर दिँदा साइकल चालक अर्घाखाँची शीतगङ्गा नगरपालिका – १४ बस्ने १७ वर्षीया शोभा न्यौपाने घाइते भएकामा थप उपचारका लागि लुम्बिनी अञ्चल अस्पताल बुटवल पठाइएकामा उपचारका क्रममा मृत्यु भएको हो ।

साइकल, ट्रक र ट्रक चालक इलाका प्रहरी कार्यालय पिपराको नियन्त्रणमा लिइएको र अन्य थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । बेवारिसे शव तौलिहवा –जीतपुर सडकखण्डमा एउटा शव फेला परेको छ ।

कपिलवस्तु नगरपालिका – ६ अन्तर्गत निगालीकोट र थुम्हवाको बीचमा आज बिहान अन्दाजी ६५ वर्षको पुरुषको शव भेटिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ