मोरङ, ७ असार । विराटनगर महानगरपालिका १५ स्थित भन्सार कार्यालय रानी विराटनगर आइसिवी भवनभित्र राखेको डब्लुबी २३ ए ८२५५ नम्बरको ट्रकमुनि खाना पकाउने क्रममा आगलागी भएको छ ।
शनिबार बिहान आगलागी हुँदा ट्रकमा लोड गरी राखेको १० बोरा पिना, त्रिपाल र ट्रकको क्याविन समेत जलेर करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया