ट्रकले स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु

समाचार

1/25/2020

सप्तरी, ११ माघ । अग्निसाइर कृष्णसवरण गाउँपालिका–२ सितापुरस्थित सडकमा ना.६ ख ४०५२ नम्बरको ट्रकले बा.८९ प ५२९२ नम्बरको स्कुटरलाई ठक्कर दिँदा एकको मृत्यु भएको छ ।

शुक्रबार राति ठक्कर दिँदा स्कुटरमा सवार धनकुटा पोखरीबास नगरपालिका बस्ने करिव ४५ वर्षीय राम बहादुर कुँवरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका कुँवरको उपचारको लागि सगरमाथा अञ्चल अस्पताल राजविराज लैजाने क्रमाम बाटोमै मृत्यु भएको हो । दुबै सवारी साधन र चालकहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ